मुग्लिननजिक सडकमा गुड्दै गरेको कारमा ढुंगा खस्यो, तीन जना घाइते

श्रावण ४, २०८२

रमेशकुमार पौडेल

A stone fell on a car moving on the road near Muglin, injuring three people

What you should know

चितवन — नारायणगढ-मुग्लिन सडकको इच्छाकामना गाउँपालिका-५ मुग्लिननजिक तुइन खोलामा आइतबार दिउँसो गुडिरहेको भारतीय नम्बर प्लेटको कारमा ढुंगा खसेर लागेको छ ।

कारमा रहेका तीन जनामध्ये एक जना मध्यम र दुई जना सामान्य घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

दिउँसो साढे दुई बजेतिर यूपी ८० जीपी २९२८ नम्बरको भारतीय कारमा ढुंगाले लागेको हो । कारमा क्षति पुगेर घटनास्थलमा रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए ।

कारमा बस्ने भारत आगराका रतेन्द्र यादव र हितेन्द्र यादव सामान्य घाइते छन् । ढाडमा चोट लागेका हर्मान यादवको अवस्था मध्यम छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully