हेटौँडाका एक सय २२ करदाता कारबाहीमा

श्रावण २, २०८२

रासस

122 tax payers of Hetauda under action

What you should know

वाग्मती — हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा परेका छन् । 

लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले बताए। 

अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने प्रमुख सुवेदीले चेतावनी दिए।  कर नबुझाउनेहरूको अभिलेख तयार भएको उनले बताए।

साथै नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१/८२ मा करदाता बढेका छन् ।

रासस

Link copied successfully