१३१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

असार ३१, २०८२

कान्तिपुर संवाददाता

Indian citizen arrested with 131 kg of marijuana

काठमाडौँ — धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका-२ आँपटारबाट भारतीय नागरिक सरहज मियाँ गाँजासहित पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालका अनुसार भारतीय नम्बरप्लेट रहेको गाडीमा ३१ वटा पोकामा रहेको गाँजा बरामद गरिएको छ ।

सिटमुनि च्यासिसको भागमा फल्स बटम बनाएर गाँजा लुकाएर ल्याइएको थियो । पक्राउ परेका मियाँ बिहारको रक्सौलका बासिन्दा हुन् । 

कान्तिपुर

Link copied successfully