पहिरोले अवरुद्ध बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा

असार ३०, २०८२

ज्योती श्रेष्ठ

BP highway blocked by landslides fully operational

काभ्रे — बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा र ९ र ११ को सिामना कालढुङ्गामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक पूर्ण रूपमा दुईतर्फी खुलेको छ ।

 आइतबार साँझ करिब ६ : ३० बजेदेखि अवरुद्ध भएको सडकमा आएको लेदो रातभर जेसिबी  प्रयोग गरी हटाएर सोमबार बिहान ६ : ०० बजे बाट दुइतर्फी नै यातायात संचालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनिल धाजुले जानकारी दिए । 

बीपी राजमार्गकै पिन्थलीमा यसअघि पनि पटक पटक सडक अवरुद्ध हुँदै आएको छ। गत असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो भने असार २५ गते मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully