पहिरोले पुष्पलाल लोकमार्ग अन्तर्गत दोलखाको खिम्ती खोलामा सडक अवरुद्ध

असार २९, २०८२

केदार शिवाकोटी

Landslide blocked road in Khimti river of Dolakha under Pushpalal Lokmarg

दोलखा — पुष्पलाल लोकमार्ग अन्तर्गत रामेछाप र दोलखाको सिमाना खिम्ती खोला नजिकै पहिरोले सडक अवरुद्ध बनेपछि यातायात ठप्प भएको छ ।

दोलखा  प्रहरीका अनुसार आइतबार बिहान खसेको पहिरोले पुष्पलाल मार्ग भएर रामेछाप र दोलखाबाट राजधानीसहित सदरमुकाम आउजाउ गर्ने सवारी आगमन ठप्प भएको हो । 

पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । त्यस भेग भएर गुड्ने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

केदार शिवाकोटी

Link copied successfully