हेटौंडा — हेटौंडा उपमहानगरपालिका–२ मा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भवन सञ्चालनमा आएको छ ।
नवनिर्मित भवनको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आइतबार उद्घाटन गरे ।
प्रदेश सरकारको करिब साढे ७ करोडको लगानीमा भवन निर्माण गरिएको हो । मन्त्री थापाले प्रदेश सरकारको प्राथमिकतामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रवर्द्धनका लागि यो क्षेत्रमा लगानी बढाएको बताए ।आयुर्वेदको उपचार विधिप्रति नागरिकको विश्वास बढ्दै गएको बताउँदै मन्त्री थापाले भने, 'भौतिक संरचना सुविधायुक्त भएर मात्र हुँदैन सेवा गुणस्तरयुक्त हुनुपर्छ ।'
