मकवानपुरमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु

असार २८, २०८२

प्रताप विष्ट

A teenager dies while swimming in Makwanpur

हेटौंडा — मकवानपुरको इन्द्रसरोवरको सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु भएको छ ।

काठमाडौंको माइतीघरका १८ वर्षीय प्रणय गुप्ताको पौडी खेल्ने क्रममा शनिबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङ खोलामा डुबेर मृत्यु भएको हो । 

साथीहरुसँग मार्खु घुम्न आएका गुप्ता शनिबार दिउँसो साढे ४ बजेको समयमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । प्रहरी टोलीले शनिबार साँझ साढे ६ बजेको समयमा गुप्ताको शव खोलाबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully