मकवानपुरमा पहिरो खस्दा एक मजदुर गम्भीर घाइते

असार २७, २०८२

प्रताप विष्ट

A laborer was seriously injured in a landslide in Makwanpur

हेटौंडा — मकवानपुरको इन्द्रसरोवरमा शुक्रबार बिहान सुक्खा पहिरो खस्दा एक मजदुर गम्भीर घाइते भएका छन् । 

इन्द्रसरोवर-४ महालक्ष्मीमा सडक निर्माणको काम गरिरहेको अवस्थामा पहिरो खस्दा नाला बनाउने  काम गरिरहेका खोटाङ लामिडाँडा घर भएका २० वर्षीय केशव मगर गम्भीर घाइते भएका हुन् । उनको टाउको र ढाडमा चोट लागेको छ । मगरलाई उपचारका लागि काठमाडौं पठाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully