१४ घण्टापछि सञ्चालनमा आयो कान्ति लोक पथ 

असार २६, २०८२

प्रताप विष्ट

After 14 hours, Kanti Lok Path came into operation

हेटौंडा — १४ घण्टापछि कान्ति लोकपथ सञ्चालनमा आएको छ । सडकको भित्ता तासेर र तल्लो भागमा जग उठाएपश्चात बिहीबार अपराह्न तीन बजेदेखि कान्ति लोकपथ सञ्चालनमा आएको हो ।  

वर्षाका कारणले सडक नै बगेकाले  कान्ति लोक पथ बिहीबार बिहान एक बजेदेखि नै अवरुद्ध भएको थियो । ‘डोजर र एक्स्काभेटर लगाएर १४ घण्टापछि कान्ति लोकपथ सञ्चालनमा ल्याइएको छ,’ इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक विद्यासागर मेहताले भने, ‘बिहीबार एक बजे बिहानदेखि अवरुद्ध भएको कान्ति लोकपथ अपराह्न ३ बजेपछि सञ्चालन आएको हो ।’

बुधबार राति परेको अविरल वर्षाका कारणले  कान्ति लोकपथस्थित ठिंगन-बागमती खोलाको  सडक खण्डमा पर्ने भीमफेदी गाउँपालिका-८ वगुवामा गएको पहिरोले सडक अवरुद्ध भएको थियो ।  सडकको भाग नै नै पहिरो गएर सडक साँघुरो बनेको थियो । 

प्रताप विष्ट

Link copied successfully