चोरीको आरोपमा तीन जना पक्राउ

असार २४, २०८२

प्रताप विष्ट

Three arrested for theft

हेटौंडा — मकवानपुरको थाहा नगरपालिका—४ किटेनीस्थित बलराम केसी र बासुदेव केसीको घरमा चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

घरमा कोही नभएको मौका छोप्दै दिउँसै मूलढोकाको ताला फोडेर १ लाख ५ हजार रुपैयाँसहित मोबाइल, खुकुरी समेतको जिन्सी सामान चोरी गरेको आरोपमा उनीहरुलाई सोमबार इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–९ का ३० वर्षीय संजीव परियार,  थाहा–२ देउलाटोलका ३५ वर्षीय कान्छा भन्ने प्रदीप पोडे र ललितपुर गोदावरी नगरपालिका–१३ झरासीका ३० वर्षीय चमार भन्ने बिमल नेपाली छन् । 

प्रहरीले उनीहरुको साथबाट ६८ हजार ९ सय ३१ रुपैयाँ, विभिन्न कम्पनीका ५ थान मोबाइल, सिमकार्ड १ थान सुनका औंठी १ थान खुकुरी, कटर चक्कु, घडी, मूर्तिलगायत सामग्री  बरामद गरेको थियो । पक्राउ परेकाहरुलाई मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रमुख सविन बाबु अर्यालले बताए । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully