दूध बेचेर फर्किँदै गरेका वृद्धको लडेर मृत्यु

असार २४, २०८२

प्रताप विष्ट

An old man who was returning from selling milk fell to his death

हेटौंडा — मकवानपुरको थाहा नगरपालिका–६ बज्रबाराही पोखरी डाँडास्थित गोरेटो बाटोमा लडेर एक जना वृद्धको मृत्यु भएको छ ।

मंगलबार बिहान थाहा नगरपालिका–१ का ६२ वर्षीय कृष्ण गोपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक गोपाली घरदेखि करिब २ किलोमिटर दक्षिणतर्फ रहेको गोठमा बस्दै आएका थिए । मंगलबार बिहान बज्रबाराही बजारमा दूध बेचेर फर्कने क्रममा गोरेटो बाटोबाट करिब १० मिटर तल लडेर घटनास्थलमै मृत्यु भएको इप्रका पालुङले जनाएको छ ।

जिल्ला प्रहरी मकवानपुरका अनुसार मकवानपुरमा चालु आवमा लडेर १५ जनाको मृत्यु भइसकेको छ । यसै अवधिका २२ जना घाइते भएका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully