बागमती प्रदेशसभा बैठक बस्दै

असार २३, २०८२

कान्तिपुर संवाददाता

Bagmati Provincial Assembly sitting

बागमती — बागमती प्रदेशसभाको बैठक आज बिहान ८ बजे बस्ने भएको छ। बैठकमा बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी राख्ने कार्यसूची रहेको छ।

यही असार १ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका। सो बजेटमाथि असार २० गतेदेखि प्रदेशसभा बैठकमा छलफल जारी छ।

हिजो बसेको प्रदेशसभा बैठकमा २३ जना प्रदेशसभा सदस्यले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राखेका थिए। प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बोल्न बाँकी सदस्यले आज बोल्ने कार्यसूची रहेको छ।

बजेट वक्तव्यमाथि छलफल गरेर विनियोजन विधेयक पेस गरिए पनि प्रतिपक्षी दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि बैठक स्थगित भएको थियो। शनिबार बिहानै दलहरूबीच छलफल भए पनि सहमति जुट्न नसकेपछि सरकारले शनिबार साँझ प्रदेशसभामा बजेटको पूरक प्रस्ताव दर्ता गराएको थियो।

यसैबीच, नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको छ। संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिएका छन्।

कान्तिपुर

Link copied successfully