६ किलो गाँजासहित एक युवक पक्राउ

असार २१, २०८२

प्रताप विष्ट

A young man was arrested with 6 kg of marijuana

हेटौंडा — मकवानपुरको भिमफेदी गाउँपालिका–१, बागझोराबाट गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११, थानाभर्‍याङका ३६ वर्षीय कुमार सिङ गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

त्रिभुवन राजपथको भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको बा ९४ प ८०८६ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्दा ६ किलो ८२० ग्राम गाँजा बरामद गरेको थियो । 

हेटौंडा–१ चौकीटोलबाट खटिएको प्रहरी टोलीले बाघझोरामा मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully