मोटरसाइकल दुर्घटनामा कालिका मावि राक्सिराङका प्रधानाध्यापक झाको मृत्यु

असार २०, २०८२

प्रताप विष्ट

Jha, headmaster of Kalika Mavi Raksirang, died in a motorcycle accident

हेटौंडा — हेटौंडाको राप्ती रोडमा बिहीबार राति साढे ११ बजे मोटरसाइकल दुर्घटना हुँदा कालिका मावि राक्सिराङका प्रधानाध्यापकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडमा भएको मोटरसाइकल दुर्घटनामा  प्रधानाध्यापक दिपेन्द्रकुमार झाको मृत्यु भएको हो ।

हेटौंडाको बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राप्ती रोडमा ह्युमपाइप राख्न सडक खनिएको थियो । सोही खनिएको स्थानमै मोटरसाइकल दुर्घटना भई प्रधानाध्यापक झाको ज्यान गएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । धनुषाको जनकपुर–४ घर भएका ४५ वर्षीय झा १५ वर्षदेखि उक्त विद्यालयमा प्रधानाध्यापक पदमा कार्यरत रहेका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully