हेटौंडा — सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बागमती प्रदेशसभाको आज बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदै छ ।
प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने कार्यसूची छ ।
सत्तापक्ष र प्रतिपक्षको सहमतिपछि बिहीबार साँझदेखि प्रदेशसभाको बैठक सञ्चालन भएको हो । बिहीबारको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र प्रमुख प्रतिपक्षी दल माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समसामयिक विषयमा मन्तव्य व्यक्त गरेका थिए ।
प्रदेश सरकारले आगामी आवका निम्ति ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट विनियोजन गरेको छ ।
