ढुंगाले थिचेर दोलखामा किशोरको मृत्यु

असार १८, २०८२

केदार शिवाकोटी

A teenager died in Dolakha after being crushed by a stone

दोलखा — ढुंगाले थिचेर दोलखाको मेलुङ गाउँपालिका-५ डाँडाखर्कको कटुञ्जेमा एक किशोरको मृत्यु भएको छ ।

बाख्रा चराउने क्रममा बुधबार दिउँसो ढुंगामाथि बसेका कटुञ्जेका अन्दाजी १६ वर्षीय कौशुव श्रेष्ठको सोही ढुंगा अचानक धस्किएर उनै माथि परेर मृत्यु भएको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएका उनलाई आफैं बसेको ढुंगा वर्षाले सबै माटो बगाएर बसेको अवस्थामा धसिएर उनीमाथि नै परेको थियो । 

आफैं बसेको ढुंगा धसिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

केदार

Link copied successfully