करेन्ट लागेर हेटौंडामा एकै घरका तीन जना घाइते

असार १७, २०८२

प्रताप विष्ट

Three people from the same house were injured in Hetaunda due to electrocution

हेटौंडा — हेटौंडा उपमहानगरपालिकामा करेन्ट लागेर एकै घरका तीन जना घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका—७ नागस्वतीका ४६ वर्षीय सन्चयकुमार पुडासैनी, श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र एक वर्षिया नातिनी श्रीयाना पुडासैनी घाइते भएका हुन् ।

हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनस्थित मेडिकल कलेज लगिएको छ । नागस्वतीस्थित शान्तिटोलमा विद्युत्‌का कर्मचारीले बिजुलीको पोलमा काम गर्दै गरेको अवस्थामा विद्युत्‌को तार अचानक भुँईमा खस्दा हिँडिरहेका पुडासैनीका तीन जनालाई करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए । करेन्ट लागेर सन्चय कुमारको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully