बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आयो

असार १६, २०८२

ज्योती श्रेष्ठ

BP highway became operational one-way

काभ्रे — बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

वर्षात्‌पश्चात लेदोसहित आएको पहिरोका कारण जिल्लास्थित बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ स्थित नार्केमा सवारी अवरुद्ध भएको कार्यालय प्रमुख सुनिल धाँजुले जानकारी  दिए । 

उनका अनुसार, सोमबार साँझ ५ बजेको समयमा राजमार्ग अवरुद्ध भएको थियो । करिब ६:४० बजेको समयमा ट्राफिक प्रहरी, प्रहरी, सडक विभागको सहकार्यमा बाटो एकतर्फी रुपमा सञ्चालनमा आएको उनले बताए  ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully