हेटौंडा — त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा दिउँसो सवारीसाधनको आउजाउ बन्द गराएर सडकको मर्मत र हृयुम पाइप बिछ्याउने कार्य भइरहेको छ ।
शुक्रबार र शनिबार दिउँसो १२ देखि ४ बजेसम्म सवारी आवागमन बन्द गराइएको सडक डिभिजन हेटौंडाका सूचना अधिकारी यादव सुवेदीले बताए । उक्त क्षेत्रमा पानी परेकाले काम गर्न केही समस्या भएको सुवेदीको भनाइ छ ।
रानीभञ्ज्याङ मोडमा सडक मर्मतको काम भइरहेको हो । दुई दिन दैनिक ४ घण्टा राजपथ बन्द गर्नेबारे जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक सूचना जारी गरेको थियो ।
