सडक छेउमा घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु

असार १४, २०८२

कान्तिपुर संवाददाता

A man who was found injured on the side of the road died

हेटौंडा — पूर्व–पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका–१९ सान्नानिटारस्थित सडक छेउमा घाइते अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार शनिबार बिहान अन्दाजी ४० वर्षीय एक पुरुषलाई टाउकोमा गम्भीर चोट लागेको अवस्थामा फेला पारिएको हो ।

घाइतेलाई तत्कालै उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको थियो। तर अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरे । हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । 

शव हेटौंडा अस्पतालमै राखिएको छ । प्रहरीको प्रारम्भिक अध्ययन अनुसार उक्त व्यक्तिलाई कुनै सवारी साधनले ठक्कर दिएको आशंका गरिएको छ । सवारी ठक्कर वा अन्य कुनै आपराधिक कारणले मृत्यु भएको हो वा होइन भन्नेबारे थप विवरण आवश्यक अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully