छानाबाट लडेर श्रमिकको मृत्यु

असार १३, २०८२

ज्योती श्रेष्ठ

A laborer died after falling from the roof

काभ्रे — काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलस्थित गोरखा चाइनिज इँटाभट्टामा कार्यरत एक श्रमिकको छानाबाट खसेर मृत्यु भएको छ।

रोल्पाको माडी गाउँपालिका वडा नं ६ घर भई हाल सो इँटाभट्टामा कार्यरत ४२ वर्षीय अमृत घर्तीमगरको छानाबाट खसेर घाइते भएपछि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार, बिहीबार साँझ करिब ६:२५ बजे जस्ताको छानोबाट पानी चुहिन थालेपछि त्यसमा प्लास्टिक ओढाउने क्रममा उनी लडेर गम्भीर घाइते भएका थिए।

उनलाई इँटाभट्टाका म्यानेजर अनिल दुवालले उपचारका लागि शिर मेमोरियल अस्पताल लगेको र उपचारकै क्रममा करिब ७:१० बजे चिकित्सकले मृत घोषणा प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए । मृतकका आफन्तलाई खबर गरिसकिएको प्रहरीले जानकारी दिएको छ। 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully