खैरो हिरोइनसहित युवक पक्राउ

असार १२, २०८२

प्रताप विष्ट

Young man arrested with brown heroin

हेटौंडा — मकवानपुरको प्रहरीले हेटौंडा बसपार्कबाट खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका—१२ का १९ वर्षीय प्रितम वललाई हेटौंडा—१० स्थित बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले शंका लागि वलको शरीर खानतलासी गर्दा पाइन्टको खल्तीमा १६ ग्राम ४ सय मिलिग्राम खैरो हिरोइन फेला पारेको थियो । 

प्लाष्ट्रिकमा पोको पारेर पाइन्टको खल्तीमा लुकाएर राखेको अवस्थामा प्रहरीले खैरो हिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए । 

थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत मकवानपुरबाट ३ दिनको म्याद थप लिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully