सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

असार १२, २०८२

प्रताप विष्ट

Pedestrian dies after being hit by a vehicle

हेटौंडा — मकवानपुरको थाहा नगरपालिका—१ कुन्छालस्थित कुन्छाल–कुलेखानी सडकखण्डमा सवारी साधनको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय पालुङका अनुसार बज्रबाराहीबाट पालुङतर्फ आउँदै गरेको सवारी साधनले पैदल यात्रा गरिरहेका थाहा— ६ का ७१ वर्षीय सीताराम महर्जनलाई ठक्कर दिएर घाइते बनाएको  थियो ।

घाइते महर्जनलाई प्रारम्भिक उपचारका लागि नजिकैको बज्रबाराही स्वास्थ्य चौकी लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बिहीबार ५ बजे सशस्त्र प्रहरी बल अस्पताल, सतुंगलमा पुर्‍याउनेबित्तिकै उनको मृत्यु भएको इप्रका पालुङले जनाएको छ ।

ठक्कर दिने सवारी साधनको नम्बर र प्रकार खुलेको छैन । हाल फरार सवारी चालक तथा सवारी साधनको पहिचान र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सानुबाबु अर्यालले बताए  । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully