रास्वपा चितवन-३ का सदस्य पौडेल पक्राउ

असार १२, २०८२

रमेशकुमार पौडेल

Paudel, a member of RASWP Chitwan-3, was arrested

चितवन — रास्वपा चितवन क्षेत्र नम्बर ३ का क्षेत्रीय सदस्य विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । क्षेत्रीय सभापति मिनीमाधव खनालले बिहीबार विज्ञप्ति जारी गर्दै पौडेल बुधबार पक्राउ परेको जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमा सरकारको आलोचना गरेकै आधारमा पौडेल पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ । 

क्षेत्रीय सभापति खनालले पौडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिना पक्राउ पुर्जी परिवारका सदस्यको जानकारीबेगर अपहरणको शैलीमा नियन्त्रणमा लिएको विज्ञप्तिमा आरोप लगाएका छन् ।

चितवन प्रहरीले साइबर ब्युरोमा परेको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएर पौडेल पक्राउ परेको र उनलाई काठमाडौं पठाएको जनाएको छ  ।

Paudel, a member of RASWP Chitwan-3, was arrested

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully