नन्दप्रसाद जानुका स्मृति सम्मान शिक्षासेवी तुलाधरलाई                 

असार १०, २०८२

केदार शिवाकोटी

Nanda Prasad Janu's memorial tribute to Tuladhar

दोलखा — यस वर्षको नन्दप्रसाद जानुका स्मृति सम्मान शिक्षासेवी मिलनराज तुलाधरलाई दिइने भएकोछ । प्रतिष्ठानका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षासेवी तुलाधरलाई उक्त सम्मान प्रदान गर्न लागिएको जानकारी दिए ।

तुलाधरलाई २५ हजार रुपैयाँ नगद राशी र सम्मानपत्रसहित नन्दप्रसाद जानुका स्मृति सम्मानबाट सम्मानित गर्न लागिएको हो ।

पुरस्कार तथा सम्मान छनोट समितिले गरेको सिफारिसको आधारमा फाउण्डेशन संचालक समिति बैठकले रुसका लागि पूर्वराजदूत, क्षमावती माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक, २०२९ सालदेखि दोलखाको शिक्षा क्षेत्रको उन्नयनमा निरन्तर क्रियाशील तुलाधरलाई सम्मान दिने निर्णय गरेको हो । 

२०८२ भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्म जयन्तीको अवसरमा काठमाडौंमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने अध्यक्ष शिवाकोटीले बताए । दोलखाको शैक्षिक क्षेत्रका अगुवा, सामाजिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटी तथा उनकी पत्नी जानुका शिवाकोटीको नाममा नन्दप्रसाद जानुका फाउण्डेशन स्थापना भइ विभिन्न सामाजिक काममा सक्रिय हुँदै आएको छ ।

केदार शिवाकोटी

Link copied successfully