कैलाश मानसरोवर गएका विदेशी नागरिकको मृत्यु

असार ९, २०८२

रासस

Death of a foreign national who went to Kailash Mansarovar

रसुवा — कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

यही असार ७ गते चीनको भूभागमा उनको मृत्यु भएको थियो । मृतक सिंहको शव केरूङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

रासस

Link copied successfully