नारायणीमा बगेका व्यक्तिको सकुशल उद्धार

असार ८, २०८२

कान्तिपुर संवाददाता

Safe rescue of people who got swept away in Narayani

चितवन — सशस्त्र प्रहरीले नारायणीमा बगेका एक जना व्यक्तिको सकुशल उद्धार गरेको छ । आइतबार भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका पुरुषलाई  सशस्त्र प्रहरीले जीवितै उद्वार गरेको हो ।

अन्दाजी ४०/५० वर्षीय पुरुष नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उद्धारपश्चात उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवनतर्फ पठाएको छ । उनको अवस्था सामान्य रहे  पनि नाम/ठेगाना भने खुलाउन सकेका छैनन् । 

कान्तिपुर संवाददाता

Link copied successfully