खिम्ती खाेला नजिकै पहिराे खस्दा सडक अवरुद्ध

असार ८, २०८२

केदार शिवाकोटी

Road blocked due to landslide near Khimti Khaela

दोलखा — पुष्पलाल लोकमार्गअन्तगर्त रामेछाप र दाेलखाकाे सिमाना खिम्ती खाेला नजिकै पहिराेले सडक अवरुद्ध बनेपछि यातायात ठप्प भएकाे छ ।

दाेलखा प्रहरीका अनुसार आइतबार बिहान खसेकाे पहिराेले पुष्पला मार्ग भएर रामेछाप र दाेलखाबाट राजधानीसहित सदरमुकाम आउजाउ गर्ने सवारी आगमन ठप्प भएकाे हाे । पहिराे निकै ठूलाे भएका कारण अवरुद्ध  सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएकाे छ ।

त्यस भेग भएर गुड्ने सवारी साधनलाई वैकल्पिक सडक प्रयाेग गर्न प्रहरीले आग्रह गरेकाे छ ।

यसैबीच, माथिल्लाे क्षेत्रमा निरन्तर परिरहेकाे वर्षाका कारण खिम्ती खाेलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन त्यस क्षेत्रका स्थानीयलाई जल तथा माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।

केदार

Link copied successfully