भण्डारा दुर्घटना : मृतक सबैको सनाखत

असार ८, २०८२

रमेशकुमार पौडेल

Bhandara accident: Identification of all the dead

चितवन — पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवन भण्डारानजिक शनिबार बिहान बस र माइक्रोबस (ईभी)  ठोक्किँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ ।

शनिबार ६ जनाको नाम/ठेगाना खुलेको थियो ।  बाँकी एक जनाको आइतबार सनाखत भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

मृतकमध्ये पूर्णकुमारी खड्काको आइतबार सनाखत भएको हो । खड्का लमजुङ बेसिसहर नगरपालिका-३ घर भइ भरतपुर महानगरपालिका-६ गीतानगर चोकबजारमा बस्दै आएकी थिइन् ।

उक्त दुर्घटनामा थप २४ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, पाँच जना मध्यम र अरू सामान्य रहेको प्रहरीले जनाएको छ  ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully