चितवन — घरबाट हराएकाे तीन दिनपछि चितवन काेराकका एक चेपाङ वृद्ध खाेलाकाे खाेँचमा मृत फेला परेका छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार राप्ती नगरपालिका-१० काेराक चिप्लेटीका ८१ वर्षीय मकल प्रजा चेपाङ असार ४ गते बुधबार साँझ घरबाट निस्के पनि नफर्केपछि आफन्तले खाेजतलास गरेका थिए ।
शनिबार दिउँसाे उनकाे शव घरदेखि उत्तरतर्फ ५ सय मिटर पर ताकुन्चे खहरे खाेलाकाे खाेँचमा भेटिएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए । मकलका भतिज कृष्णबहादुर चेपाङले शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पूर्व पश्चिम राजमार्गकाे वीरेन्द्रनगर बजारदेखि लगभग १० किलाेमिटर उत्तर पहाडी खाेँचमा पर्छ । साे क्षेत्र आदिवासी चेपाङ बहुल ठाउँ हाे ।
