हेटौंडामा खैरो हिरोइनसहित २ जना पक्राउ

असार ५, २०८२

प्रताप विष्ट

2 people arrested with brown heroin in Hetaunda

हेटौंडा — मकवानपुर प्रहरीले खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ । ७ सय ७० मिलीग्राम खैरो हिरोइनसहित प्रहरीले हेटौंडा उपमहानगरपालिका—४ कमलडाँडाका ४२ वर्षीय अनुपकुमार रुम्बा र ३३ वर्षिय मणी लामालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले  हेटौंडा उपमहानगरपालिका—४ फरेष्टी गेट अगाडि शंकास्पद रुपमा बसिरहेको अवस्थामा खानतलासी गर्ने क्रममा उनीहरुको साथबाट खैरो हिरोइन फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

रुम्बा र लामालाई लागूऔषध खैरो हिरोइन मुद्दामा कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully