पात्लेखेमा लेदो सहितको पहिरो झर्दा बीपी राजमार्ग अवरुद्ध

असार ४, २०८२

ज्योती श्रेष्ठ

Landslide along with Ledo in Patlekhema blocked BP highway

काभ्रे — काभ्रे जिल्लास्थित बीपी राजमार्ग अर्न्तगत धुलिखेल नगरपालिका वडा नं ११ स्थित पात्लेखेतमा लेदोसहितको पहिरो झर्दा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार, बुधबार ५ बजेको समयमा बीपी राजमार्ग अर्न्तगत धुलिखेल नगरपालिका वडा नं ११ स्थित पात्लेखेतमा लेदोसहितको पहिरो झर्दा यातायात अवरुद्ध भएको छ ।

अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको उनले बताए । उनका अनुसार, ट्राफिक प्रहरी, प्रहरी, सडक विभागको प्रयासमा राजमार्ग खुलाउने कार्य भइरहेको छ । वर्षा भइरहेकाले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गर्दै ट्राफिक प्रहरीले सूचना जारी समेत गरेको छ । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully