हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१९ स्थित एक उद्योगमा कार्यरत हेड अपरेटरको मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर बुधबार मृत्यु भएको छ ।
हेटौंडा–१९ नेवारपानीस्थित तारा फाइबर उद्योगमा कार्यरत भारतीय नागरिक ४० वर्षीय भूषण बैठाको करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।
उद्योग नजिकै रहेको खोल्सीबाट मोटर लगाएर पानी तान्ने क्रममा पानी नआएपछि पानी किन तानेन भनेर मोटर जाँच गर्ने क्रममा करेन्ट लागेर बैठाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।
भारत पूर्वी चम्पारण घर भएका बैठा उक्त उद्योगको हेड अपरेटर रहेका थिए ।
