पहिरोले अवरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालन

असार ४, २०८२

ज्योती श्रेष्ठ

One-way operation of BP highway blocked by landslides

काभ्रे — पहिरो खसेर एक घन्टादेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। धुलिखेल नगरपालिका वडा नं ११ स्थित पात्लेखेतमा लेदोसहितको पहिरो झरेर बुधबार साँझ ५ बजेदेखि सडक अवरुद्ध भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले केहीबेर अघिदेखि पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको बताए। पहिरोका कारण यहाँ दुईतर्फी यातायात अवरुद्ध भएको थियो। 

ट्राफिक प्रहरी, प्रहरी र सडक विभागको प्रयासमा अवरुद्ध भएको राजमार्गमा पहिरो पन्छ्याएर यातायात खुलाइएको हो।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully