होटलको तेस्रो तलाबाट खसेर एक युवकको मृत्यु

असार ३, २०८२

प्रताप विष्ट

A young man died after falling from the third floor of a hotel

हेटौंडा — मकवानपुरको होटलको तेस्रो तलबाट खसेर एक युवकको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका २९ वर्षीय अमित मोक्तानको हेटौंडा उपमहानगरपालिका–१० स्थित एक होटलको तेस्रो तलाबाट खसेर मंगलबार बिहान मृत्यु भएको हो । 

सोमबार होटलबाट खसेर घाइते भएका मोक्तानलाई हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपश्चात थप उपचार गर्न चितवनस्थित भरतपुर अस्पतालमा लगिएको थियो । 

उपचारका क्रममा उनको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त होटलमा मोक्तानकी पत्नी काम गर्थिन र त्यही होटलमा बस्थिन । मोक्तान पनि पत्नीलाई भेटन आएका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully