राक्सिराङबाट कटुवा पेस्तोल र अफिम बरामद

असार २, २०८२

प्रताप विष्ट

Katuva pistol and opium seized from Raksirang

हेटौंडा — मकवानपुर प्रहरीले दुर्गम राक्सिराङ गाउँपालिका–१ ढुंगेनबाट पेस्तोल र अफिम बरामद गरेको छ । 

बेवारिस अवस्थामा रहेको एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने ५ राउन्ड गोली र २ किलो ४८० ग्राम अफिम बरामद भएको हो ।

शनिबार राति साढे ८ बजेको समयमा चन्द्रलाल मोक्तानको बारीमा रहेको आँपको रुखमुनि प्लास्टिकमा बेरी सेतो बोरामा लुकाएर राखिएको पेस्तोल, गोली र अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

प्रताप

Link copied successfully