हेटौंडा — बालिकालाई कुटपिट गरेको आरोपमा सौतेनी आमालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
६ वर्षीया बालिकालाई कुटपिट गरेको अभियोगमा मकवानपुर प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–९, रजैया घर भई हाल हेटौंडा–३, बसामाडी बस्ने २४ वर्षीया सुन्तली तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
सौतेनी छोरीलाई कुटपिट गरेको भन्ने जाहेरीका आधारमा प्रहरीले सुन्तलीलाई शुक्रबार बसामाडीबाटै पक्राउ गरिएको जनाएको छ ।
सुन्तलीलाई बालबालिका सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
