हावाहुरीले रुख ढाल्दा स्कुल भवनमा  क्षति

जेष्ठ ३१, २०८२

प्रताप विष्ट

Damage to the school building when the wind felled a tree

हेटौंडा — मकवानपुरमा शुक्रबार बेलुका हावाहुरीका कारण रुख ढल्दा स्कुल भवनमा क्षति पुगेको छ ।

मकवानपुरको मनहरि गाउँपालिका–४ नयाबस्तीस्थित चेपाङ प्राथमिक विद्यालयको तीनकोठे पक्की भवनमाथि सालको ढलेको थियो । रुख ढल्दा स्कुलको तीन वटै बिम भाँचिदिएको स्कुल व्यवस्थापन समितिका अध्यक्ष विष्णुवहादुर चेपाङले बताए । 

विद्यालयमा चेपाङ,तामाङ र वनकरिया समुदायका १४० जना बालबालिका अध्ययन गर्छन् । तीन कोठा क्षतिग्रस्त भएकाले पढाइ प्रभावित हुने उनले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully