भ्रुण हत्या गरेको आरोपमा एक महिला पक्राउ

जेष्ठ ३१, २०८२

प्रताप विष्ट

A woman was arrested on the charge of killing a fetus

हेटौँडा — भ्रुण हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका–१५ शिखरपानीकी २९ वर्षीया वसन्ती तामाङलाई ६ महिनाको भ्रुण हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

भ्रुण हत्या गरी कपडाले बेरी घर बाहिर रहेको प्लास्टिकको बाल्टीभित्र फालिएको कुरा स्थानीयबाट प्रहरीले जानकारी पाएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी  कार्यालय मकवानपुरले जनाएको छ । 

महिलालाई रक्तस्राव भइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकी महिलालाई प्रहरीले हेटौँडा अस्पतालमा उपचार गराइरहेको छ । 'उनलाई प्रहरीको निगरानीमा राखेर उपचार गराइरहेका छौँ,' प्रहरी उपरीक्षक विश्वराज खडकाले भने।

वसन्तीका पति करिब २ वर्ष अघि रोजगारीका लागि विदेश गएका थिए। उनी घर फर्केका छैनन्।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully