भरुवा बन्दुकसहित इन्द्रसरोवरका लामा पक्राउ

जेष्ठ ३०, २०८२

सुवास विडारी

Bharuva was arrested in Indrasarovar lama with a gun

मकवानपुर — मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित इन्द्रसरोवर गाउँपालिकाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका ५ का ६० वर्षीय साङ्दोर्जे लामा रहेका छन् । 

घरमा अवैधानिक रुपमा भरुवा बन्दुक राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले लामालाई पक्रेको हो । लामाको घरकोठामा खानतलासीको क्रममा एकथान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

लामालाई हातहतियार तथा खरखजनासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully