मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–९, गुम्बा चोकबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गुम्बा चोकबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले लागूऔषधसहित मकवानपुरको कैलाश गाउँपालिका–९ घर भई हाल हेटौँडा–४ कर्रामा बस्ने १९ वर्षीय निश्चल लामा नेगी र चितवन जिल्लाको राप्ती नगरपालिका–६, घर भई हाल हेटौँडा–९, बस्ने २० वर्षीय अभिषेक रानालाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरूको साथबाट १ ग्राम ६५० मिलि ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको थियो । निश्चल र अभिषेकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
