मकवानपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

जेष्ठ २७, २०८२

प्रताप विष्ट

Two youths arrested with drugs in Makwanpur

हेटौंडा — मकवानपुरका दुर्गम गाउँबाट प्रहरी खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  मकवानपुर बागमती गाउँपालिका–४ झुरझुरेस्थित सोनाम घिसिङले सञ्चालन गरेको हुक्का बारबाट बागमती गाउँपालिका—४ का ३० वर्षीय अविनाश घलान र २२ वर्षीय अजय घिसिङ रहेका छन् । 

इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरीले घलान र घिसिङको साथबाट खैरो हेरोइन २२० मिलिग्राम र  ट्रमाडोल ५५ क्याप्सुल बरामद गरेका थिए ।

दुवै जनालाई थप अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले ५ दिनको म्याद थप अनुमति दिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully