गाँजासहित दुई महिला पक्राउ 

जेष्ठ २६, २०८२

प्रताप विष्ट

Two women arrested with marijuana

हेटौँडा — मकवानपुर प्रहरीले गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका-२ का  ४० वर्षिया फुलमाया स्याङ्वो र सोही ठाउँकी ३० वर्षिया निर्मला मोक्तानलाई पक्राउ गरेको हो।

 हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टका प्रहरीले हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ३ ख ८३९४ नं. को यात्रुवाहक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा बसमा सवार स्याङवो र मोक्तानले बोकेको झोलामा १० केजी ४ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजासहित पक्राउ परेका दुई महिलालाई लागूऔषधसम्वन्धी मुद्दा चलाउन लागेको प्रहरीले जनाएको छ ।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully