सुनकोसीमा डुबेर एकजनाको मृत्यु

जेष्ठ २५, २०८२

रासस

One person died after drowning in Sunkosi

काठमाडौँ — सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

रासस

Link copied successfully