नेप्लिज युथ एन्टप्रेनियर्स फोरम काभ्रेको अध्यक्षमा हुमागाईं 

जेष्ठ २४, २०८२

ज्योती श्रेष्ठ

Napliz became the President of Youth Entrepreneurs Forum Kavre

काभ्रे — युवा उद्यमशीलताको प्रवर्द्धन र संगठनात्मक सञ्जाल विस्तार गर्ने उद्देश्यसहित नेप्लिज युथ एन्टप्रेनियर्स फोरम (एनवाईइएफ) काभ्रेले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न पहिलो साधारणसभाले आशिष हुमागाईंलाई अध्यक्षतामा चयन गरेको हो । 

हुमागाईकों नेतृत्वमा बनेको कार्यसमितिमा प्रथम उपाध्यक्षमा क्षितिज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रोहित देवजु चयन भएका छन् । त्यस्तै, जुलिया माकजु श्रेष्ठ, डा. श्रेया देवजु श्रेष्ठ, हेभन श्रेष्ठ, अजय थापा, रोजन श्रेष्ठ, सुशान्त थपलिया, श्रृजल रंजितकार र सुजल मानन्धर सदस्यमा रहेका छन् । 

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले सिर्जनशील तथा नयाँ पिढीका युवा उद्यमशीलता तथा व्यवसायतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए । देशमै युवालाई उद्यममा जोड्न यस संस्थाले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । उनका अनुसार, नयाँ पुस्तालाई विदेश पलायन होइन, स्वदेशमै सिर्जनशील बन्न प्रेरित गर्नुपर्ने बेला आएको छ ।

युवाहरुले उत्पादक तथा आविष्कारजस्ता कुराहरुलाई मध्यनजर गर्दै आत्मनिर्भर र स्वावलम्बी बनाउनुपर्ने बताए ।  नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने र युवा व्यवसायीहरूलाई प्रशिक्षण तथा अवसर प्रदान गर्नुपर्ने उनको भनाइ थियो । 

एनवाईइएफको नेशनल गभरनिङ्ग काउन्सिलका अध्यक्ष कुशल सुन्दर श्रेष्ठले नवनियुक्त पदाधिकारीहरुलाई शुभकामना दिँदै युवा व्यवसायीहरूलाई एकत्रित गर्ने र नविनतम् सोचका साथ काम गर्न युवाहरूलाई आग्रह गरे ।

युवाहरूलाई स्वदेशमै टिकाउन, व्यवसायमा आबद्ध गराउन पनि मञ्चले काम गर्ने उनले बताए । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully