दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका-४ झ्याँकुमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
शुक्रबार राति बा १६ च ७६५१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सोही वडाका फूलमाया शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका थप २ जनालाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याइएको छ ।
