काभ्रेको बेथानचोकमा बस दुर्घटना, १ को मृत्यु, ३ जना घाइते

जेष्ठ २१, २०८२

ज्योती श्रेष्ठ

Bus accident at Bethanchowk in Kavre, 1 killed, 3 injured

काठमाडौँ — काभ्रेको बेथानचोकमा बुधबार बस दुर्घटना हुँदा १ को मृत्यु, ३ जना घाइते भएका छन् । पनौतीबाट बेथानचोक गाउँपालिका-६ भुग्देउका लागि छुटेको बा ३ ख ४४३५ नम्बरको बस बुधबार साँझ ५ बजेतिर दर्केखोला नजिकै सडकबाट करिब ५० मिटर तल खसेको हो ।

एक महिलाको घटनास्थलमै मृत्यु भएको र चालकसहित ३ जना घाइते भएको बेथानचोक-६ का वडाध्यक्ष विष्णु लामाले जानकारी दिए । उनले मृतकको पहिचान खुलिनसकेको बताए ।   

जिल्ला प्रहरी कार्यालयले टोली घटनास्थल तर्फ गइरहेको जनाएको छ । स्थानीयका अनुसार बसमा चालकसहित ७ जना सवार थिए । घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा लगिएको वडाध्यक्ष लामा जनाए । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully