हेटौंडा — मकवानपुरको भीमफेदी गाउँपालिकामा विद्युत् सर्ट भएर घर र गोठमा आगलागी भएको छ । भीमफेदी—८ धार्की खन्कालेकका ५६ वर्षीय शंखर सिं मोक्तानको जस्तापाताले छाएको भूइँतले काठ, ढुंगा र माटोले बनेको घर र गोठमा आगलागी हो ।
आगलागीमा ११ लाख ६२ हजार मूल्य बराबरको क्षति भएको मोक्तानले दाबी गरे । आगलागीबाट मकै, १२ मुरी, तोरी ४ मुरी, फापर ३ मुरी, १ लाख ५० हजार रुपैयाँ,२ तोला सुन, लताकपडा, भाँडाकुडा र कागजातहरु घरसँगै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।
अग्नीपीडित मोक्तानले उक्त विवरण खोलेर इप्रका ठिगनमा निवेदन दिएका छन् ।
