हेटौंडा — मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–१० मिरकोट घर भई काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा बस्दै आएका २८ वर्षीय चालक मधुसुदन अधिकारी र सुमोमा सवार सिन्धुली दुधौली नगरपालिका–८ खोरभञ्ज्याङ घर भई काठमाडौंस्थित डल्लु बस्दै आएका २५ वर्षीय नवराज खड्का रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पालुङले ८० किलो १२० ग्राम गाँजासहित अधिकारी र खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए ।
त्रिभुवन राजपथ सडक खण्डको मकवानपुर थाहा नगरपालिका–३ थानाबजारमा प्रहरीले डाडाँबासबाट काठमाडौंतर्फ जादै गरेको बा.५.च ४४११ नम्बरको टाटा सुमो गाडीलाई रोकेर चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर लुकाएर ल्याएको गाँजा बरामद गरेको थियो ।
पक्राउ परेका अधिकारी र खड्कालाई प्रहरीले थप अन्सुन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।
