हेटौंडा — मकवानपुर इन्द्रसरोवरमा आफ्नै घरको भर्याङबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
इन्द्रसरोवर गाउँपालिका–४ चौताराका ७० वर्षीय सूर्यबहादुर थिङको भर्याङबाट लडेर शनिबार राति मृत्यु भएको हो । भर्याङबाट लडेर उनी शुक्रबार घाइते भएका थिए । उपचारको क्रममा काठमाडौँको बल्खुस्थित बयोधा अस्पतालमा उनको मृत्यु भएको हो ।
